कनानीहरुको उन्मुलनः के परमेश्वर निर्दयी हुनुहुन्छ ?

0
379

mandalinews.com
पोखरा, १ फागुन ।

कतिपय मानिसको मनमा परमेश्वरको चरित्र पुरानो करारको समयमा निर्दयी र बदलाले भरिपूर्ण भएको थियो भन्ने हुनसक्छ किनकी उहाँले इस्राएलीहरुलाई आफ्ना शत्रुहरु सबैलाई सखाप पार्ने आज्ञा दिनुभएको थियो । उहाँले किन यस्तो आज्ञा दिनुभयो हामी हेर्नेछौँः

परमेश्वरले आफ्ना मानिसहरु अर्थात् इस्राएलीहरुलाई ‘सबै मानिसहरु’ विशेष गरी कनानीहरुलाई सखाप पार्ने अर्थात उनीहरुको उन्मुलन गर्ने आज्ञा दिनुभयो । परमेश्वरले यो आज्ञा उहाँ निर्दयी भएर र प्रतिशोधले भरिएर जारी गर्नुभएको थिएन, तर कनानीहरु एकदम दुष्ट, दमनकारी, समाजका लागी क्यान्सर भएर बसेका थिए–जसको एउटा मात्र समाधानको उपाय भनेको पुर्ण रुपमा उन्मुलन गर्नु नै थियो । कनानीहरुको दुष्टताको क्यान्सर यति फैलिरहेको थियो कि उनीहरुको कारणले इस्राएलीहरुले पनि उनीहरुको चालचलन अपनाएर परमेश्वरको सामु पापमा पर्ने सम्भावना थियो (व्यवस्था २०ः१६–१८ पढ्नुहोस्)। कनानीहरुले अन्य देवीदेवताका आराधनाको लागी आफ्ना बालबच्चाहरु बारम्बार आगोमा बली चढाउने काम गर्थे, पशुहरुसँग यौन सम्भोग गर्थे, र घिनलाग्दो क्रियाकलापको अभ्यास गर्थे (लेवी १८ः२१,२३,२४; २०ः३)।

कनानीहरुसँग परमेश्वरतिर फर्कने प्रशस्त समय थियो । उनीहरुले इस्राएलीहरुका परमेश्वरको बारेमा सुनेका थिए । उनीहरु परमेश्वरतिर फर्केको भए परमेश्वरले उनीहरुलाई न्यायमा पर्नबाट वञ्चित गर्नुहुने थियो (यर्मिया १८ः७ र ८)। निनवे शहरको उदाहरणबाट थाहा हुन्छ कि उहाँपट्टि फर्कने राज्यहरुलाई उहाँले बचाउनुहुन्छ (योना ३)।

कनानीहरु अन्धाधुन्ध आफ्ना क्रियाकलापहरु गरिरहेका थिएनन् ।उनीहरुले इस्राएलीहरुका परमेश्वरको बारेमा सुनेका थिए र उनीहरुद्वारा परमेश्वरले के आशा गर्नुभएको छ भन्ने कनानीहरुलाई थाहा थियो । तर कनानीहरुले परमेश्वरलाई इन्कार गरी आफ्नो पापपुर्ण काममा लागीरहे ।त्यसकारण उनीहरु परमेश्वरको न्यायमा परे ।परमेश्वर, जो जीवन र मृत्युको मामलामा पुर्ण अधिकार राख्ने शासक हुनुहुन्छ, उहाँले नै परिस्थितिअनुसार आफ्नो जीवन लिने अधिकारद्वारा कनानीहरुको जीवन लिनुभयो ।

शिक्षाः परमेश्वर पूर्ण रुपमा दयालु हुनुहुन्छ (भजनसंग्रह ३३ः५; ८६ः५; यर्मिया ३१ः३; १ यूहन्ना ४ः८) । तर जब मानिसहरुले उहाँको पवित्रतालाई भङ्ग गर्छन् तब उनीहरु परमेश्वरको क्रोधमा पर्छन् (प्रकाश २०ः११–१५; लेवी ११ः४; भजनसंग्रह ९९ः९; यशैया ६ः३)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here