डार्विनको प्राकृतिक छनोट

0
202

mandalinews.com

पोखरा, १९ फागुन ।

विकाशवादको सिद्धान्तअनुसार, प्राकृतिक छनोटको प्रकृया अन्धो र अनिर्देशित अर्थात् बाटो बिराएको छ । यसले बौद्धिक रुपले उत्परिवर्तनलाई निर्देश गर्न सक्दैन अर्थात् उत्परिवर्तनको बारेमा सिकाउन सक्दैन ।
उत्परिवर्तनले एक समयमा एउटा सुक्ष्म परिवर्तन ल्याउँछ र यहि प्रकृयाबाट एउटा जटिल अर्थात् पूर्ण अंगको विकास हुन्छ भन्ने कुरा सिकाउँछ । उदाहरणको लागी आँखालाई लिऔँ, एउटा आँखाको विकास हुन हजारौँ सकारात्मक उत्परिवर्तनहरुको आवश्यकता पर्छ ।
अनगिन्ती पुस्ताहरुबिच, हरेक न्युनतम कदमहरुमा हरेक सुक्ष्म उत्परिवर्तनहरुमा फरकपन आएका हुन्छन् जसद्वारा जीवहरुकै परिवर्तन हुन्छ । प्राकृतिक छनोटलाई कुन जीवलाई कुन जीवमा विकास गर्ने भन्ने ज्ञान कसरी आयो । शरीरको बाहिरी किनाराको छालाबाट धेरै पुस्तापछि पखेटा बन्छ र त्यो पनि छालाकै बन्छ भनेर प्राकृतिक छनोटलाई कसरी थाहा भयो ? उत्परिवर्तन हुने क्रममा, हरेक सुक्ष्म उत्परिवर्तनमा भएको परिवर्तनहरुमा कुनै तत्कालिन लाभहरु हुँदैन, त्यसकारण किन प्राकृतिक छनोटले सुरुको जीव र पछि बन्ने जीवहरुबिचको जीवहरु उत्पन्न गर्न सकेको छैन –उदाहरणको लागी, मानिस बाँदरबाट आएको हो भने मानिस र बाँदरबिच उत्पन्न भएको जीव खोइ ? यो समस्याको सन्तुष्ट मिल्ने उत्तर मैले आजसम्म पाएको छैन ।
समस्या यो तथ्यले झनै बढ्छ कि आँखा त मानिसको जटिल अंगहरुमध्ये एउटा अंग मात्र हो । कानको बारेमा के? नाकको बारेमा के? दिमाग, मुटु, कलेजो, मृगौला, स्नायु प्रणालीको बारेमा के? प्राकृतिक छनोटको सिद्धान्तलाई अबोध्य रुपले, सोचविचार नगरी र अन्धाधुन्ध पुस्तौँसम्मको अवधिमा कदमैपिच्छे विस्तारै अंगहरु विकास भएर जटिल अंगको विकास भएको मानिन्छ ।
शिक्षाः डार्विनसँग विकासवादको सिद्धान्तलाई दर्साउन (व्यक्त गर्न) राम्रा राम्रा विचारहरु (तर्कहरु) थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here