पुनर्जन्म

0
248

पोखरा, १ चैत्र ।

यहाँ पाँचवटा कारणहरु छन् जसले पुनर्जन्मले किन कुनै अर्थ राख्दैन भनी व्याख्या गर्छ ।
१. पुनःजन्म उचित छैन । के मानिसहरुलाई पहिलाको जीवनमा केहि यस्तो कार्य गरेको लागी सजाय दिन उचित हुन्छ जुन उसले याद गर्नै सक्दैन ।

२. पुनःजन्मले काम गर्दैन । यदि कर्मले आफ्नो स्वार्थी इच्छाहरुले बिस्तारै मानवतालाई छुटकारा दिन्छ भने, किन मानव प्रकृतिमा पुनर्जन्मको सहस्राब्दिऔँदेखी उल्लेखनीय ढङ्गले सुधार भएको छैन ?

३. पुनर्जन्मले मानिसलाई सामाजिक रुपमा निष्क्रिय बनाउँछ । यसले हामीलाई अर्काको खराब कर्म (अथवा खराब परिस्थितीहरुमा) हस्तक्षेप गर्नुहुँदैन भनी सिकाउँछ । उनीहरुको खराब परिस्थितीमा हस्तक्षेप गर्नाले उनीहरु र हामीहरुमा झन् बढि खराब कर्म ल्याउँछ । यसको मतलब उदाहरणको लागी, कुनै दुईजना झगडा गरिरहेको ठाउँमा गएर उनीहरुको झगडा छुट्याउने कोसिशै गर्नुभएन किनकी यो झगडा उनीहरुको पुनर्जन्मको कर्मले भएको हो । उनीहरुको झगडामा हस्तक्षेप गरेर उनीहरुको र आफ्नो कर्ममाथि झन कर्म थपिन्छ । किनकी कर्ममा विश्वास गर्नेले यो विश्वास गर्छन कि अहिले मानिसमा आइपर्ने सब घटनाहरु पुनर्जन्मको कर्मले गर्दा हो ।

४. पुनर्जन्म घातक छ । कर्मको नियमले प्रत्याभूति(ग्यारेन्टी) दिन्छ कि हामीले यस जीवनमा जे रोप्छौँ, अर्को जीवनमा सधैँ त्यसको कटनी गर्नुपर्छ । यसले भूलयुक्त र जोडतोडले काम गर्छ । पुनर्जन्ममा कुनै अनुग्रह छैन । अर्थात् मानिसले जे गर्छ त्यसले भोगेरै छाड्नुपर्छ । यदि यसो हो भने त्यहाँ ‘क्षमा’ भन्ने चिज नै रहेन ।

५. पुनर्जन्म बाइबलिय छैन । धर्मशास्त्रले यो बताउँछ कि पृथ्वीमा मानिस एकपटक मरणशील रुपमा रहन्छ, एकपटक मर्छ र न्यायको सामना गर्छ (हिब्रु ९ः२७) । व्यक्तिलाई अर्को शरीरमा पुनर्जन्म हुने दोस्रो मौका छैन । धर्मशास्त्रले यो बताउँछ कि प्रभु येशूमा विश्वास गर्ने व्यक्ति मृत्युपश्चात स्वर्गमा जान्छन् (२ कोरिन्थी ५ः८) र विश्वास नगर्नेहरु दण्डको ठाउँमा जान्छन् (लूका १६ः१९–३१; २ पत्रुस २ः९) । यसबाहेक येशूले सिकाउनुभयो कि मानिसहरुले यहि एक जीवनकालमा तिनीहरुको अनन्तको गन्तव्यको निर्णय गर्नेछन् (मत्ती २५ः४६)। त्यसकारण पावलले ठिकसँग यो कुरामा जोड दिन्छन् कि “मुक्तिको दिन अहिले हो ।” (२ कोरिन्थी ६ः२) ।

शिक्षाः बुद्धिमानी हुनुहोस् र तपाईँको यहि एक जीवनको समयमा ख्रीष्टलाई पछ्याउनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here