हार्वेस्ट वर्सिप सेन्टरको उद्दघाटन सम्पन्न

0
1015

नेपाल वेथेस्दा मण्डलीको प्रांगणमा हार्वेस्ट वर्सिप सेन्टरको उद्दघाटन विविध कार्यक्रमका विच सम्पन्न भएको भएको छ । मैनवत्ती बालेर मैनवत्ती जस्तै आफू जलेर भए पनि संसार लागी ज्योतीको सन्तान हुनु भन्ने उद्देश्यका साथ, कार्यक्रमको उद्दघाटन कार्यक्रमका प्रमुख अथिती पा. पूर्ण कायस्थाले गर्नुभएको थियो । उद्दघाटन समारोहमा बचन बाट प्रकाश पार्दै पा. कायस्थाले परमेश्वरको आराधना परमेश्वरको राज्य विस्तारको लागी उब्बजनीयूक्त फल भएकोले, हार्वेस्ट वर्सिप सेन्टर एउटा उपयूक्त बिउ छर्ने माध्यम भएको बताउनुभयो । हार्वेस्ट वर्सिप सेन्टरका अध्यक्ष सुधिर गुरुङले, गाँउ, सहर मा गएर परमेश्वरको आराधाना सेवा सञ्चालन गर्ने, सु–समाचार प्रचार गर्ने,विविध प्रशिक्षण कार्यक्रम गरी परमेश्वरको राज्य विस्तार गर्ने उद्देश्य सहित वर्सिप सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो ।त्यसै गरी कार्यक्रमा सुभकामना मन्तव्य राख्दै बाटुली चउर चर्चका पा. हरि घिमिरेले वर्सिप सेन्टरको उद्देश्य अनुरुप काम गर्न परमेश्वरको आर्षिवात माग्नु भयो । कार्यक्रममा विभिन्न चर्चका पास्टर,डिकन,एल्डर सहित विभिन्न चर्चका युवा, युवतीको बाक्लो उपस्थीती रहेको थियो।
हार्वेस्ट वर्सिप सेन्टरको कार्यसमितिमा, अध्यक्षमा नेपाल वेथेस्दा चर्चका ए.सुधिर गुरुङ,उपाध्यक्षमा डि.सिता गुरुङ,सचिवमा पा.दिलिप तामाङ,स–सचिवमा चन्द्र तामाङ, कोषध्यक्षमा आषिश भट्टराई, स–कोषध्यक्षमा नदिपुर चर्चका सुनिल परियार,सदस्यमा, बाटुली चउर चर्चका मुक्ती लामा, सान्तवना चर्चका दिलिप लामा, वागबजार चर्चका प्रितम प्रधान हुनुुहुन्छ भने , सल्लाहाकारमा, लोगोत हिसप चर्चका हर्क राई , कुडहार चर्चका चन्द्रमान कपाली , पुर्नस्थापना चर्चका पूर्ण वी.क हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here