Easter Sunday (पुनरुत्थान)

0
239

Mandalinews.com

Pokhara, 2019

संसारभरका ईसइहरुले आज इस्टर सन्डे मनाएका छन् । ईसाइहरुले एक महान उत्सव मनाउने र प्रभुको बारेमा सुसमाचार सुनाउने अवसर हो इस्टर सन्डे । येशू ख्रीष्ट (जिजस क्राइस्ट)को पुनरुत्थानको सम्झनामा मनाइन्छ जुन कुरा बाइबलको नयाँ करारमा लेखिएको छ ।
बाइबलमा भएको नयाँ करारमा उल्लेख भएअनुसार जब मरियम मग्दलिनी र अर्की मरियम येशूलाई राखिएको चिहान हेर्न गए तब उनीहरुले रित्तो चिहान भेट्टाए । त्यसैबेला स्वर्गदूतले उनीहरुलाई येशू मृत्युबाट जिवित भई उठेको संदेश दिए । इसाईहरुको आस्थाअनुसार ,संसारको इतिहास, पुरातत्वको खोजअनुसार येशू ख्रीष्टको पुनरुत्थान एक ऐतिहासिक घटना हो जसलाई आजसम्म कसैले खोट लगाउन सकेको छैन ।
येशू ख्रीष्टको क्रुसले हामीलाई परमेश्वरको प्रेम मानव जातिप्रति कति छ भन्ने कुरा देखाउँछ । उहाँको मृत्युद्वारा नै सबै मानिसको पापक्षमा भएको छ र उहाँको पुनरुत्थानले भविष्यको आशा देखाएको छ ।
इसाई आस्था, बाइबलको बयान र इतिहासको बयानअनुसार येशू आजभन्दा २००० वर्षपहिला संसारमा आउनुभएको कुरालाई जनाउँछ । उहाँ सारा संसारको मुक्तिदाताको रुपमा चिनिनुहुन्छ । इसाईहरुको आस्थाको केन्द्रविन्दु पनि येशूको मृत्यु र पुनरुत्थानमा अडिएको छ । यसको विस्तृत जानकारी बाइबलको १ कोरिन्थीको पुरै १५ अध्यायमा लेखिएको छ । “यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरुको विश्वास पनि व्यर्थ हुन्छ ।” १ कोरिन्थी १५ः१४ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here